Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

विराटनगर- सभासद्ले त्रिपाल लिएको विषयले उनीहरुको आलोचना भइरहेको छ । कतिपय भूकम्प प्रभावित क्षेत्रसम्म पुग्न नसकेको विषयले पनि धेरै पीडितहरु असन्तुष्ट छन् ।

तर, मोरङका एक सभासदले भने आफूले सरकारबाट प्राप्त गर्ने सोह्र महिनाको तलब भत्ता, बैंकमा जम्मा गर्दा प्राप्त भएको ब्याजसमेत भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।

मधेशी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का समानुपातिक सभासद पवनकुमार शारडाले ११ लाख ३८ हजार ६ सय ७१ रुपैयाँ प्रधानमन्त्री कोषमा जम्मा गरेका हुन् ।

प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर शारडाले चेक हस्तान्तरण गरे । शारडा मोरङ व्यापार संघका अध्यक्ष पनि हुन् ।

शारडाले भने,‘मैले प्राप्त गर्ने तलब भत्ताले भूकम्प पीडितलाई राहत पुगोस भन्ने चाहनाले सहयोग गरेको हुँ ।’ ***

तपाईको प्रतिक्रिया