विराटनगर- भूकम्पका कारण बाहिरबाट विराटनगरमा आएर बसेकाहरुमाथि प्रहरीले निगरानी बढाउन थालेको छ ।
भूकम्पपछि विराटनगरमा एक्कासी चोरीका घटना बढेको भन्दै प्रहरीले बाहिरबाट विराटनगरमा आएकाहरुमाथि निगरानी बढाएको हो । गत बैशाख १२ गतेको भूकम्पपछि विराटनगरका आधा दर्जन स्थानमा चोरी भएका छन् । भूकम्पका कारण आत्तिएर मानिसहरु घर छाडेर बाहिर निस्कँदा र घरमा तालाचावी नलगाउँदा चोरीका घटना भएको निस्कर्ष प्रहरीले निकालको छ ।
प्रहरीले चोरीमा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ समेत गरेको छ । ***