टोकियो – भूकम्प पीडित तथा प्रभावितहरुका लागि नेपाली एवं जापानी संघसंस्था तथा ब्यवसायीहरुबाट टोकियोस्थित नेपाली राजदूतावासमा संकलन हुन आएको रकमबाट आजका मितिसम्म ४ करोड, ९० लाख, ३९ हजार, ८१ येन प्रधानमन्त्री दैविप्रकोप राहत कोष पठाइएको दूतावासले जनाएको छ ।
यस अघि पठाएको ३ करोड, ७४ लाख, ३९ हजार, ८१ येन र आज पठाएको १ करोड १६ लाख गरी आजका मितिसम्म ४ करोड, ९० लाख, ३९ हजार, ८१ येन प्रधानमन्त्री राहत कोषमा पठाईएको दूतावासले एक बिज्ञप्तीमार्फत जनाएको हो ।
गत बैशाख १२ गते नेपालमा गएको विनाशकारी महाभूकम्पबाट पीडित तथा प्रभावितहरुका लागि जापान सरकारका बिभिन्न निकाय, प्रिफेक्चर सरकारहरु, नगरपालिका, बिभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाहरु एवं सहृदयी जापानी मित्रहरुबाट राहत तथा पुननिर्माणका लागि सहयोग रकम बुझाउन आउने क्रम जारी रहेको दूतावासले जनाएको छ ।***