Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

काठमाण्डाै : भूकम्पबाट पीडित कोरियामा काम गर्ने कामदारहरूलाई विदा दिन कोरियाको श्रम विभागले कम्पनीहरूलाई पत्रचार गरेको छ ।
साना तथा मझाैला कम्पनीमा कार्यरत नेपाली कामदारहरूलाई विदाको व्यवस्था गर्न विभागले पत्रचार गरेको हो ।
विदाको विषयमा कोरियास्थित नेपाली दूतावासले विदेश मन्त्रालयमा पत्रिपत्र गरेपश्चात उद्योग मन्त्रालयलाई उक्त परिपत्र गरेको बुझिएको छ ।
श्रम विभागद्वारा प्रेषित पत्रमा नेपालमा हालै गएको ठूलो भूकम्पबाट आफन्त गुमाएकाहरूलाई मृतकको अन्त्येष्टि गर्न, घाइते भए उपचार र हराएको भए खोजविनको लागि विदा मिलाइदिन पत्रमा उल्लेख गरिएको छ ।
त्यसो त कम्पनीहरूलाई नेपालमा गएको विनाशकारी महाभूकम्पमा कम्पनीको तर्फबाट सक्दो सहयोग गर्न पनि भनिएको छ । हाल कोरियाका विभिन्न कम्पनीहरूमा २८ हजार भन्दा बढी कामदारहरू काम गरिरहेका छन् भने त्यसमध्ये भूकम्पबाट प्रभावित क्षेत्रका बढी रहेको बताइएको छ ।***

तपाईको प्रतिक्रिया