काठमाडौं – नेपालमा भूकम्पबाट ५० हजार गर्भवती प्रभावित भएको अनुमान छ ।
राष्ट्र संघले नेपालमा भूकम्पबाट ५० हजार गर्भवती महिला प्रभावित भएको अनुमान गरेको हो ।
संयुक्त राष्ट्र जनसंख्या कोष युएनएफपीएले गरेको आंकलनमा ५० हजार गर्भवती भूकम्पबाट प्रभावित भएका हुन् ।
अहिलेसम्म भूकम्पबाट मर्नेको संख्या ५ हजार पुगिसकेको छ । शनिबार आएको ७ दशमलव ९ रेक्टर स्केलको भुकम्पसंगै मृत्यु हुनेको संख्या दिनप्रतिदन बढ्दै गइरहेको छ । भूकम्प प्रभावित गर्भवतीहरुलाई स्वास्थ्थ सेवाको आवश्यक परेको छ । **