Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

काठमाडौँ- राजधानीबाट बाहिर जाने यात्रुहरुको अत्यधिक चाप बसपार्कहरुमा देखिन थालेको छ । विनाशकारी भूकम्पको कारण केही दिनदेखि उपत्यकाबाट बाहिर जान नपाएर रोकिनु परेका कारणले यात्रुहरुको आज अधिक चाप देखिएको हो । नयां बसपार्क, बालाजु, कलंकी क्षेत्रमा बढी यात्रुहरुको चाप देखिएको छ ।
उपत्यकाबाट बाहिर जाने यात्रुहरुको लाइन नयाँ बानेश्वर क्षेत्रमा पनि देखिएको छ । लाइन नयाँ बानेश्वरदेखि तीनकुनेसम्म पुगेको छ । हजारौं यात्रुहरु गन्तव्यमा जान बिहान ३ बजेदेखि नै लामबद्ध भएर बसेका छन् । संविधानसभा परिसरबाट बाहिर जाने यात्रुका लागि बस चढ्ने व्यवस्था मिलाइएको छ । यात्रुको अत्यधिक चापका कारण प्रहरीलाई लाइन व्यवस्थित तुल्याउन तथा ट्राफिक प्रहरीलाई यातायातका साधनलाई आवत जावतलाई सहज तुल्याउन हम्मेहम्मे परिरहेको छ ।
सरकारले निजी क्षेत्रका शैक्षिक संस्थाको सङ्गठन प्याब्सन, एन प्याब्सन र हिसानसँग समन्वय गरेर उनीहरुले उपलब्ध गराउने बसमा यात्रुलाई उपत्यका बाहिर पठाउने चाजोपाजो गरिरहेको छ । यात्रुको चापअनुसारको सवारी साधनको सङ्ख्या कम भएकाले घाइते, महिला र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिएर गन्तव्यतर्फ पठाइने प्रहरी वृत्त बानेश्वरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
yatru
उच्चमाध्यमिक विद्यालय सङ्घका अध्यक्ष उमेर श्रेष्ठले आजका लागि नीजि क्षेत्रका शैक्षिक संस्थाले १५० वटा बसको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपत्यकाबाट यात्रुलाई बाहिर लैजाने क्रममा हाम्रो तर्फबाट निःशुल्क रुपमा ५०० बसको व्यवस्था मिलाएका छौँ, त्यो क्रमशः दिँदै जानेछौँ ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता पोषराज पोखरेलले हिसानलगायत संस्थाले ५०० बस दिने भनेकामा आज १५० को सङ्ख्यामा मात्र उपलब्ध गराएकाले व्यवस्थापनका लागि अत्यन्त चुनौति देखिएको जानकारी दिनुभयो ।
ती संस्थाहरुले पूर्व तथा पश्चिम क्षेत्र जाने यात्रुलाई काठमाडौँबाट पहिलो गन्तव्यका रुपमा नारायणगढसम्म पुर्याउने त्यसपछि त्यहाँबाट अर्को बसबाट सरकारले तोकेको अर्को गन्तव्यस्थल लैजाने व्यवस्था मिलाएको छ ।***

तपाईको प्रतिक्रिया