बक्सिङ खेलाडी दीपक महर्जनले पनि गुमाए परिवारका चार सदस्य
काठमाडौं – शनिबार गएको शक्तिशाली भूकम्पमा परी भलिबलका मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठको ज्यान गएको छ । उनको भूकम्पले ध्वस्त बनाएको कलंकस्थित आफ्नै घरमा शनिबार पुरिएर मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो ।
श्रेष्ठको मृत्युले नेपाली खेलकुद क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले बताएका छन् । उनीहरुका अनुसार श्रेष्ठको मत्युका कारण नेपाली खेलकुद जगतले नै एउटा अनुभवि खेलाडी र अभिभावक गुमाएको छ ।
त्यस्तै भूकम्पकै कारण बक्सिङ खेलाडी दीपक महर्जनले आफ्नो परिवारको चार सदस्य गुमाएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत शनिबार गएको महाभूकम्पमा परेर आफुले आमा, दाइ, भाउजु र भतिजीलाई गुमाएको उल्लेख गरेका हुन् ।
दीपकले सन् २०१० मा चीनको ग्वानझाउमा सम्पन्न १६ औं एसियाली खेलकुदमा नेपालका लागि बक्सिङ खेलबाट एकमात्र कास्य पदक जितेका थिए ।***