Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले निम्ताएको राष्ट्रिय विपत्तिमा धैर्यधारण गर्न र एकजुट भइ साहसका साथ उद्धारको काममा जुट्न सबैमा अपिल गरेका छन् ।

मंगलबार साँझ देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री कोइरालाले विकासले गति लिन लागेकोबेला भूकम्पले निम्ताएको विनासले विकासको प्रक्रियामा अझ बढी चुनौति थपिएको बताए ।

आजदेखि ३ दिनसम्म शोक मनाउने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री कोइरालाका अनुसार तीन दिनसम्म स्वदेश र विदेशस्थित कुटनीतिक नियोगहरुमा शोकस्वरुप राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
प्राकृतिक विपदाको यो समयमा सबैको सामुहिक प्रयासले अग्नी परीक्षामा सफल हुने प्रधानमन्त्री कोइरालाले विश्वास व्यक्त गरेका छन । ***

तपाईको प्रतिक्रिया