सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – यस वर्षको राष्ट्रिय कविता महोत्सवमा ललितपुरका मणिराज सिंहको ‘लोकतन्त्रको अस्मिता’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव प्रवेशका अवसरमा यहाँ आज आयोजित महोत्सवमा नुवाकोटका पुरु लम्सालको ‘घर फर्कने सपना’ द्वितीय, सिन्धुपाल्चोकका त्रिलोचन आचार्यको ‘म नेपाली’, अर्घाखाँचीका असीम सागरको ‘टेको’ र मोरङकी मञ्जुश्री गिरीको ‘पिरको झरीले रुझिरहेको देश’ शीर्षक कविता तृतीय भएको छ ।

प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले जारी गर्नुभएको विज्ञप्ति अनुसार ४५ कवितामध्ये निर्णायक समितिको निर्णयअनुसार उहाँहरुलाई पुरस्कृत गर्ने निर्णय भएको हो । महोत्सवमा देशविदेशबाट तीन सय ३३ कविता प्राप्त भएका थिए ।

प्रतियोगितामा प्रा केशव सुवेदी, हेमनाथ पौडेल, लक्ष्मी माली, वियोगी बुढाथोकी र ध्रुव मधिकर्मी रहेको छनोट समिति गठन गरिएको थियो । महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

कविता वाचनसत्रको प्रमुख आतिथ्यता कवि शैलेन्द्र साकार र सभाध्यक्षता उपकुलपति डा विष्णुविभु घिमिरेले गर्नुभएको थियो । अतिथि कविका रुपमा राम विनय, फूलमान बल, उषा शेरचन, कणाद महर्षि, डा मदन दाहाल, बाबा बस्नेत, पवन आलोक, वासुदेव अधिकारी लगायत हुनुहुन्थ्यो ।

वाचित कविताका विषयवस्तु राष्ट्रिय एकता, जातीय सद्भाव, सीमा सुरक्षा, वैदेशिक श्रमका समस्या, तेस्रो लिङ्गी र अपाङ्गता भएका व्यक्तिको अधिकार आदि

तपाईको प्रतिक्रिया