बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024

पिज्जा र बर्गर मम र चाउमिन
खाई हुर्केको म हैन
जुन ठाउँमा अहिले म भएपनि
‘अतीत भुलेको छैन’
खेतमा पाक्थ्यो दुधिलो मकै
खाईन्थ्यो पोलेर
धार्नीको दहि त्यही मकै संग
पिईन्थ्यो घोलेर,
लेकको आलु क्या हुन्थ्यो मिठो
हरियो खुर्सानी
जिब्रोले स्वाद पाउंदा खेरी
सारा भोक बिर्सनी,
पारिन्थ्यो मोहि खाईन्थ्यो तर
धार्तीको चोरेर
त्यही तर खांदा पखाला लाग्थ्यो
ज्यान घुम्ने गरेर,
आमाले सोध्थिन् कि खाइस तैंले ?
धार्तीमा हात हाली !
मोहि त पारिस देख्दिन नौनी
घ्यु भांडो छ खाली,
अहिलेको खाना मिसावट मात्रै
ज्यान बांच्न गाह्रो छ
रिङ्ग्दै र घुम्दै सबैलाई आज
यही खाना प्यारो छ,
केन्टकि चिकेन, लेगफ्राई भन्छन
यी खाना हाम्रो हैन
उहीँ ढिंडो मकै सागपातमा हुर्कें
अतित भुलेको छैन
उहीँ ढिंडो मकै….. !

२०८० पौष २६  काठमाडौ

तपाईको प्रतिक्रिया