आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – गोंगबुमा महिलाको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२ घर भएर बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

गोंगबुस्थित एक होटलमा शव भेटिएको भन्दै खबर आएपछि उद्धार प्रहरीले गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको थियो । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरे । प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।

भण्डारीका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया