Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सुनको मूल्यले नेपाली बजारमा फेरि नयाँ रेकर्ड कायम गरेको छ । गत बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले उक्त रेकर्ड आज तोडेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

तपाईको प्रतिक्रिया