Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – डा. हेमन्त खतिवडाको भजन संग्रह सार्वजनिक भएको छ । आध्यात्मिक गीतलाई पुस्तकको स्वरूप दिएर उनले भजन संग्रहका रुपमा प्रकाशित गरेका हुन् ।

विं. सं २०५३ मा नातिकाजीको स्वर/संगीतमा ‘मनमा काँडा बिझेपछि…’ बोलको गीत रेकर्ड गराएर सांगीतिक छेत्रमा उदाएका डा. खतिवडाको आध्यात्मिक गीतको किताबको दशौँ संस्करण हालै प्रकाशित भएको हो । यसमा यसमा गणेश, राम, शिव दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण, लक्ष्मीको भजन अनि बाँकी भजन जीवन मृत्युको विषयमा लेखिएको छ ।

यसभन्दा अगाडिका संस्करणहरूमा १०६ वटा भजनहरू समावेश गरिएको थियो भने पछिल्लो संस्करणमा १४५ वटा भजनहरू समावेश गरिएको छ । ५० वटा भजन आशा भोसले, साधना सरगम, कैलाश खेर, पण्डित जसराज, कुमार सानु, उदित नारायण झा, अनुराधा पौड्वाल, अनुप जलोटा, श्रेया घोषाल, सोनु कक्कर, नेहा कक्कर लगायत गायक/गायिकाहरूले गाएका छन् । क्लासिकल र सेमि क्लासिकल मा कतिपय भजन गाइएका छन् १ भजनको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएको छ ।

निराशावादी नभईकन अधिकांश भजनहरू आशा र उत्साह जगाउने किसिमका छन् । मृत्यु लाई पनि उत्सवको रुपमा चित्रण गरेर पनि भजनहरू लेखिएका छन् १ जीवन जस्तै मृत्यु पनि उत्सव हुनु पर्छ भन्ने खालका भजनहरू पनि छन् । अध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनहरू छन् । यसमा मानिसलाई उत्प्रेरित र प्रेरित गर्ने खालका जीवन दर्शनका विषयहरू पनि समेटिएका छन् । गीतकार स्वयं प्रकाशक रहेको भजन संग्रहको मूल्य २ सय राखिएको छ ।

तपाईको प्रतिक्रिया