आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूको बैठक बोलाएका छन्। सभामुखका प्रेस विज्ञ श्रीधर अधिकारीका अनुसार मंगलबार (वैशाख २५) गते बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाइएको हो।

आगामी वैशाख २८ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वान भएको छ। सो बैठक बस्नुअघि शीर्ष दलका नेताहरूसँग छलफल गर्नका लागि सभामुखले कार्यकक्षमा बैठक बोलाएको उनको सचिवालयले जानकारी गराएको छ।

 

तपाईको प्रतिक्रिया