सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

लण्डन- बेलायतको साउथ इष्ट लण्डनस्थित स्किल्स एण्ड केयर नामक परोपकारी संस्थाले स्थानीय पुर्व गोर्खाहरुको हितका लागि सुरु गरेको अंग्रेजी भाषा कक्षाले उनीहरुको क्षमता अभिबृद्धिमा सहयोग पुर्‍याएको सहभागीहरुले बताएका छन् ।

‘नेपालबाट आउँदा केहि बोल्न तथा हिड्न पनि असमर्थ थियौं,’ सहभागी कमला तुलाचनले भन्नुभयो, ‘अंग्रेजको देशमा आएर व्यवहारिक कुराहरु सिक्न पाइयो ।’

अस्पताल, जीपी, जाFदा धेरै समस्या भोग्नुपरेकोले अंग्रेजी भाषा सिक्न आफुहरु यहाँ आएको उहाँले बताउनुभयो । अंग्रेजी भाषा कक्षमा सहभागिहरुले आफुहरुले आफ्नो नाम लेख्न, सामान्य किनमेल गर्न र बेलायतमा बसोबास गर्ने स्थानको बारेमा अरुलाई जानकारी दिन सक्षम भएको बताएका थिए ।

अंग्रेजी भाषामा केहि सुधार भएकाहलाई भने कम्प्युटरमा आफ्नो क्षमता अभिबृद्धि गर्ने माध्याम पनि स्किल्स एण्ड केयरले दिएको छ । प्रतेक हप्ताको एक दिन आइतबार उनीहरु भाषा कक्षा अध्यायनमा सहभागि हुन्छन् । करीब दुईबर्ष अघिदेखि उनीहरुले सुरु गरेको कक्षाबाट धेरै व्यवहारिक कुराहरु सिक्ने अवसर पाएका छन् ।

स्किल्स एण्ड केयरका एकजना सञ्चालक फत्त थापाले स्किल्स एण्ड केयर युकेले रोयल बरो अफ ग्रिनवीच र चार्टन एथलेटिक्स ट्रष्ट संगको सहकार्यमा पुर्व गोर्खा तथा तिनका परिवारहरुलाई आधारभुत शिक्षा दिइएको जानकारी दिनुभयो ।

नेपालबाट भर्खर बेलायत आएका पुर्व गोर्खाहलाई सरकारी सुविधा तथा स्थानीय क्षेत्रमा पाइने सेवाको बारेमा जानकारी दिन र स्थानीयहरुसंग घुलमिल हुन केहि सहज होस भन्ने हेतुले अंग्रेजी कक्षा शुरुवात गरिएको बताए ।

कार्यक्रमका भोलिण्टियर यामबहादुर गुरुङले नाम पनि भन्न नसक्ने अवस्थामा रहेका बृद्धबृहद्धाहरुले आफ्नो नाम, जीपीको नाम, घरको ठेनाना लगायतका कुराहरु सिकिरहेको बताएका थिए ।

उक्त अवसरमा सहभागी पुर्व गोर्खा तथा तिनका परिवारहरुले आफुहरुले अंग्रेजी भाषा कक्षाबाट थोरै भएपनि व्यवहारिक ज्ञान आर्जन गरेको र यसले दैनिक जीवनमा सहयोग पुर्‍याएको बताएका थिए ।

स्थानीय व्यवसायी फक्त थापा र कुनै जमानाका चर्चित गायक विवेक श्रेष्ठको सक्रियतामा स्थापित स्किल्स एण्ड केयर युकेले स्थानीय युवायुवतीहरुलाई लक्षित गर्दै नेपाली संगित तथा गीत संगीतको कक्षा पनि सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया