Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सन् २०२२-२३ मा हालको वा पुरानो पार्टनरबाट मारिने अस्ट्रेलियाली महिलाको दर झन्डै ३० प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ । सरकारी अनुदानमा सञ्चालित अष्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआईसी) ले राष्ट्रिय हत्या अनुगमन कार्यक्रमको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ ।

सन् २०२३ को जुन महिनाको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा २४७ जना हत्याको शिकार भएका थिए । जसमध्ये ७५ जना महिला थिए । ७५ महिलाहरूमध्ये ३४ वा ४५ दशमलव ३ प्रतिशत वर्तमान वा भूतपूर्व पुरुष घनिष्ठ साथीद्वारा मारिएका थिए । जुन अघिल्लो १२ महिनामा २६ भन्दा बढी थियो । २०२२-२३ मा पुरुषहरूद्वारा कुल ६० महिलाको हत्या भएको थियो ।

प्रतिवेदनले २०२१-२२ मा प्रति १० लाख व्यक्तिमा शून्य दशमलव २५ हत्या भएकोमा महिला पीडित संलग्न घनिष्ठ साझेदार हत्याको दर २८ प्रतिशतले बढेर २०२२-२३ मा शून्य दशमलव ३२ पुगेको देखाएको छ । हजारौं अस्ट्रेलियालीहरू लैङ्गिक हिंसाको अन्त्यको माग गर्दै देशभर बिरोध प्रदर्शनमा सामेल भएपछि यो प्रतिवेदन प्रकाशित भएको हो ।

एड्भोकेसी ग्रुप डिस्ट्रो द जोइन्टका अनुसार २०२४ मा अस्ट्रेलियामा अहिलेसम्म २७ जना महिलाको हिंसात्मक मृत्यु भएको छ । जसले प्रधानमन्त्री एन्थोनी अल्बानीजलाई महिला बिरुद्धको हिंसालाई राष्ट्रिय संकट घोषणा गर्न प्रेरित गरेको छ ।

तपाईको प्रतिक्रिया