सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

मस्को– रुस गणतन्त्रमा बसोवास गरिरहेका बौद्ध धर्माबलम्बीहरुले नेपालीहरुले भन्दा एक चन्द्रमासपछि मात्र २ जून २०१५ ९मङ्गलवार० का दिन बुद्धजयन्ती मनाएका छन् ।
मस्को बौद्ध समाजको तत्वावधानमा मस्कोको उत्तर–पूर्वी क्षेत्रमा पर्ने ओत्राद्नोए इलाकाको नोभोभ्लामिकिन्स्कीमार्गमा निर्माणधीन बौद्धमन्दिरको परिसरमा एक समारोहको आयोजना गरिएको थियो । सन् २००० मा मस्कोका मेयरको निर्णयअनुसार प्रदान गरिएको यस जग्गामा बौद्धविहार निर्माण गर्ने परियोजनालाई साकार रुप दिनगत १४ जगखन्ने कार्य सम्पन्न गरिएको थियो ।
भावीबौद्धविहार बन्ने यस स्थानको नजिकै क्रिश्चियन अर्थाडक्स चर्च रहेको छ भने आसपासमै इस्लाम मस्जीद र यहूदी सेनागोग पनि रहेका छन् । यस्तो रमणीयजग्गामाहाल रुसको राजधानीमापहिलो बौद्धविहारको निर्माणगर्ने कार्यको शुभारम्भभएको छ । यसप्रकार मस्कोको यो इलाकारुसका जनताहरुले मान्दै आएको चारै परम्परागत विश्वधर्महरुको संगमस्थल बन्ने छ ।

तपाईको प्रतिक्रिया