सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

लण्डन– तमु धिँ बेलायतको प्रायोजनमा हरेक बर्ष हुने १३ औँ गोर्खा कप प्रतियोगिता अल्डरसटस्थित क्वीन्स एभिन्यू आर्मी ग्यारिसनको खेल मैदानमा आइतबार सम्पन्न भएको छ ।

यस बर्षको उपाधि क्वीन्स गोर्खा सिग्नल्सले चुम्न सफल भएको छ । स्वदेशको भयवहस्थिसतलाई मध्यनजर गर्दै कार्यक्रम फरक ढंगमा प्रस्तुत भएको थियो । विभिन्न संघ संस्थाहरु र नेपाली युवा समुहले आ-आफ्नै तरिकाबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग अनुनय गरिरहेका थिए । बेलायतमा सबै भन्दा पुरानो र चर्चित मानिने गोर्खा कप यो बर्ष मनोरन्जन भन्दा पनि स्वदेशमा परेको विपत्तिलाई बेलायतबासीहरुले एकजुट भएर आर्थिक संकलनमा दिनभर नै लागेका थिए ।

G8आर्मी ग्यारिसनको परिसरमा आइतबार सुरु भएको लिग खेलबाट छनौट हुँदै फाइनल खेलमा क्वीन्स गोर्खा सिग्नल्स र रिडिङ यूनिटीबीच प्रतिष्पर्धा भएको थियो । पुरा खेल समयभित्र प्रतियोगिताको निर्णय हुन नसकेपछि पेनाल्टीबाट फाइनल खेलको निर्णय भएको हो ।g2

रिडिङ यूनिटी लाई ५–४ ले पराजित गदै क्वीन्स गोर्खा सिग्नल्सले १३ औँ गोर्खाकपको उपाधि चुमेको हो । उक्त खेलमा क्वीन्स गोर्खा सिग्नल्सका मोहन राई उत्कृष्ट खेलाडी र ५ गोल गदै वेष्ट स्कोरर सहारा फुटबल क्लवका ओनर घोषित भएका थिए ।

विजेता तथा उपविजेता टीमलाइ प्रमुख अतिति रसमोर मेयर डायन बिडफोर्ड, विशेष अतिथि लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री र आयोजक तमुधिँ यूके अध्यक्ष रामचन्द्र गुरुङ लगायतले गोर्खा कप फुटबल प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया