आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – वामी सेवा समिति जापानले भूकम्प पीडित राहत तथा सहयोग समितिलाई आज १ लाख येन हस्तान्तरण गरेको छ ।

सो संस्थाका निवर्तमान अध्यक्ष सुरेश केसी, सचिव गोकुल खत्री, सदस्य कृष्ण घिमिरे, साधारण सदस्य भरत केसी लगायतले भूकम्प पीडित राहत तथा सहयोग समितिका संयोजक भवन भट्टलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
सो समितिले ६ लाख ६७ हजार ४ सय ४८ येन राहतस्वरुप संकलन गरेकोमा ५ लाख येन प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने गरी नेपाली दूतावासमा हस्तान्तरण गरेको र बाँकी रहेको ५ लाख १७ हजार ४ सय ४८ येन समाजको पहलमा गृहजिल्ला गुल्मी गई राहत सहयोग गर्ने कार्यक्रम रहेको बताईएको छ ।

यसैगरी आजै कास्की पोखरा समाजका सल्लाहकार समेत रहनुभएका ब्यवसायी विकास श्रेष्ठले १ लाख ५० हजार येन राहत रकम हस्तान्तरण गर्नुभएको छ । सहयोग समितिका संयोजक भट्टलाई उहाँले आफ़्नो ब्यक्तिगत पहलमा संकलित उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी आजै साइतामाकेन निवासी ब्यवसायी कृष्ण थापाले पनि १ लाख १७ हजार ३ सय ४२ येन राहत रकम सहयोग समितिलाई हस्तान्तरण गर्नुभएको छ । समितिका संयोजक भट्टलाई रकम हस्तान्तरण गर्दै उहाँले राहत रकम वास्तविक पीडितलाई पुर्‍याउन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा भूषण घिमिरे, शरदकुमार गौचन, दिपक थापा,केशव थापा लगायतका समितिका जिम्मेवार ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी यसअघि दिपज्योती रेष्टुरेन्टका प्रोप्राईटर दिपेन्द्र पाठकले पनि १ लाख २० हजार येन सहयोग समितिलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले उक्त रकम समितिका संयोजक भट्टलाई हस्तान्तरण गर्नुभएको हो ।***
Rahat 3 Rahat 2 Rahat 1Rahat

तपाईको प्रतिक्रिया