Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौं- गएको बैशाख १२ गते आएको भूकम्प र त्यसपछि लगातार आइरहेको पराकम्पनबाट भएको मानवीय र भौतिक क्षतिपछि मृतक र घाइतेको उद्धार तथा घरवारविहीनहरुलाई राहत वितरण गर्ने कार्यमा नेपाल स्काउट बैशाख १२ देखि नै सक्रिय रहेको छ । यसका लागि नेपालभर करीव ३ हजारजना स्काउट निरन्तर खटिएका छन् ।

यसविचमा नेपाल स्काउटले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसिआर) बाट प्राप्त ५०० थान पाल काठमाण्डौ, ललितपुर, भक्तपुरका साथै नुवाकोट, रसुवा, सिन्धुपाल्चोक धादिङ, गोरखा र दोलखाका भूकम्प पीडितलाई वितरण गरिएको नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले बताउनुभयो ।

सम्वन्धित जिल्लाका जिल्ला स्काउट कार्यालयसँग मिलेर ती सामाग्री वितरण गरिएको हो । यसका साथै विभिन्न संघसंस्थाबाट प्राप्त राहत सामग्री वितरणमा पनि नेपाल स्काउटले सहयोग गरिरहेको छ । राहत सामाग्रीहरुमा सोलार बत्ति, म्याट, दाल, चामल, नुन, चिउरा, भूजालगायत छन् ।

बैशाख १२ को भूकम्पपछि हालसम्म नेपाल स्काउटलाई थाइल्याण्ड स्काउट एशोसियसनले मोबाइल पिउने पानी शुद्धीकरण यन्त्रका साथै ३० थान टेण्ट र केही थान पाल नेपाल स्काउटलाई प्रदान गरेको छ ।

पीडितहरुको उद्धारका लागि भारत, बंगलादेश, भियतनाम, इण्डोनेशिया, थाइल्याण्डका साथै विश्व स्काउट संगठनको कार्यालयका गरि ४४ जना स्काउट, अधिकारी तथा पदाधिकारीहरु नेपाल आएको नेपाल स्काउटका राष्ट्रिय सचिव लोक बहादुर भण्डारीले बताउनुभएको छ ।

नेपाल स्काउट तथा युनिसेफको संयुक्त पहलमा भूकम्प पीडितहरुले आफ्ना समस्या राख्नका लागि यु रिपोर्ट सुरु गरेको छ । यसबाट सर्वसाधारणले आफ्नो अगाडि भूकम्पबाट क्षति भएको स्थलगत विवरण आफ्नो मोवाइलबाट ३३४४ मा पठाउनसक्नेछ ।

तपाईको प्रतिक्रिया