Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – नेपालको अध्यागमनमा एड्भान्स प्यासेन्जर इन्फर्मेसन सिस्टम (एपिस) प्रणाली जडान गर्ने गृहकार्य अघि बढेको छ । अध्यागमन विभागले यसका लागि समिति गठन गरेर तयारी थालेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विभागका निर्देशक अनुप न्यौपानेको नेतृत्वमा समिति गठन गरिएको अध्यागमनका महानिर्देशक गोविन्दप्रसाद रिजालले बताए । एपिस लागू भएपछि विदेशबाट आउन लागेका यात्रुहरूको विवरण पहिले नै नेपालले प्राप्त गर्नेछ भने बाहिरिने यात्रुहरू कुन देश पुगे भनेर पनि ट्रयाकिङ गर्न सकिन्छ । ‘यो प्रणालीले शंकास्पद व्यक्तिहरूको निगरानी र नियन्त्रण सहज हुन्छ,’ महानिर्देशक रिजालले भने, ‘हाम्रो देशबाट बाहिरिने यात्रुहरू पनि कुन देश गए भनेर ट्रयाकिङ गर्न सकिन्छ ।’

एपिस लागू गर्न सुरुमा सफ्टवेयर खरिद गर्ने र यस्तो प्रणालीमा आबद्धता हुनुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय डाटा प्रणालीमा आबद्ध हुनुपर्छ । अमेरिकाको कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन ९सिबिपी०लगायतले यस्तो प्रणाली बनाएका छन् । एपिस लागू भएपछि नेपाल आउने एयरलाइन्सहरूले उताबाट ‘चेक इन’ भएलगत्तै सबै यात्रुको विवरण नेपाल पठाउनुपर्नेछ ।

विदेशमा प्रयोगमा आएको यो प्रणाली नेपालका लागि पनि आवश्यक रहेको महानिर्देशक रिजालले बताए । ‘सुरक्षाका लागि यो एकदमै आवश्यक ठानेर हामीले लागू गर्न लागेका हौँ,’ महानिर्देशक रिजालले भने, ‘यसका लागि बजेट विनियोजन भएको अवस्था छ ।’

नेपालबाट एउटा देश भनेर गएका व्यक्ति अर्को देशमा पुगेमा पनि नेपालबाटै अध्यागमन प्रणालीमार्फत ट्रयाकिङ गर्न सकिने उनको भनाइ छ । हाल भिजिट भिसामा एउटा देश भनेर गए पनि त्यहाँबाट अर्को देश पुग्ने समस्या छ ।

विश्वका धेरैजसो देशले एपिस प्रणाली लागू गरिसकेका छन् । नेपालमा पनि लामो समयदेखि यसको बहस भए पनि कार्यान्वयन हुन सकेको छैन । यो प्रणालीले कालोसूचीमा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन तथा प्रवेश रोक्न सहज हुने अध्यागमन अधिकारीहरू बताउँछन् ।

अध्यागमनमा यस्तो प्रणालीका लागि कतिपय शक्तिराष्ट्रहरूले पनि चासो राख्दै आएका छन् । अमेरिकाले पाइसेस सफ्टवेयर प्रणाली जडानका लागि पनि नेपालसँग प्रस्ताव गर्दै आएको छ । तर, अध्यागमनको संवेदनशील डाटाको सुरक्षाका लागि भन्दै नेपालले अध्यागमन प्रणालीमा विदेशी सहयोगको प्रस्ताव स्थगन गर्दै आएको छ । सरकारले पनि अध्यागमन सुरक्षा प्रणालीमा पर्याप्त लगानी गर्न सकेको छैन ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया