Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिस्ट पार्टीको सत्तामोहप्रति गम्भीर प्रश्न उठाएका छन् । १३२ औँ माओ दिवसका अवसरमा सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालद्वारा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उनले पार्टीको हालको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शर्माले भ्रष्टाचारका कारण पार्टीको छवि धमिलिएको बताउँदै भने, ‘कम्युनिस्ट पार्टीका प्रधानमन्त्रीहरूले भ्रष्टाचारको दलदलबाट माथि उठ्न नसक्दा जनताले गम्भीर प्रश्न गरेका छन् । अब वैचारिक र राजनीतिक पुनर्गठनको समय आएको छ ।’

उनले नेपालका कम्युनिस्ट आन्दोलनले माओबाट पाठ सिक्नुपर्ने आवश्यकतामाथि जोड दिए । उनले दलाल पुँजीवाद र नोकरशाहीविरुद्धको संघर्षलाई पुनर्स्थापित गर्नुपर्ने बताउँदै, नेपालको वर्तमान राजनीतिक अवस्था ‘न हास, न बकुल्लाको चाल’ जस्तो भएको टिप्पणी गरे ।

उनले अबको कम्युनिस्ट आन्दोलनले सत्ताको खेलभन्दा पर गइर जनताको जीवनस्तर सुधार्न ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे । ‘सत्ताको लागि झिनाझम्टिमा अल्झिरहने हो कि जनजीविकाका मुद्दा समाधान गर्दै अगाडि बढ्ने ?’ शर्माको प्रश्न थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया