सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

लण्डन– बेलायतको वकिङ सहर नजिकै किरात राईहरुको आफ्नै भूमि ग्याम्बलस लेन, रिप्ले अवस्थित माङखिम तथा साकेलास्थल किरात राई घरमा उभौली यालेदोङ (५०७५) साकेला २०७२ फरकरुपमा मनाए ।

भव्यरुपमा साकेला मनाउन केही महिना अगाडि देखि नै तयारीमा जुटेका राईहरु उक्त दिन भने महाभूकम्पको कारण फरक ढंगमा प्रस्तुत भएको पाइयो ।

कार्यक्रममा कुनै व्यानर र सजावटहरु थिएनन् । कसैले व्याजहरु नलगाएपनि पाहुनालाई, खादाले स्वागत र मुख्य मञ्चमा भूकम्प आर्थिक राहत संकलन भन्ने ब्यानर राखिएको थियो ।

कार्यक्रमको प्रारम्भमा मञ्चमा समवेदना श्रद्वाञ्जली, भूकम्पमा परी अकालमै मृत्यु हुनेहरुको चिरशाशान्तिको कामना गर्दै उपस्थितहरु सम्पूर्णले दिप प्रज्वलन गर्नुको साथै किराती धामीले सवैलाई चोख्याउने कार्य गर्नु भएको थियो ।

Krait Rai3कार्यक्रमको दोस्रो भागमा किरात राईहरु भुमि पुत्र अनि प्रकृति पुजक भएको हुँदा साकेलाको पुजा र यो संकटकाल फेरि नदोहोरीन भनी धामीबाट शिली भूमे पुजा विधिपूर्वक सम्पन्न गरी अन्तमा आर्थिक राहत संकलन को कार्य दिनभर गरेका थिए ।Kirat Rai 1

गतसालहरुमा साकेला सिली प्रतियोगिता अनी उभौली धुमधाम संग मनाए पनि यो वर्ष त्यस्तो नभएको र पुजा आराधनामा मात्र सीमित रहेको साकेला उभौली साकेला कोर्डीनेटर तथा संघका उपध्यक्ष श्री चन्द्रवहादुर राईले बताउनुभयो ।Kirat Rai2

स्वदेशमा महाभूकम्प पीडितहरुका लागि करिब ६ लाख नेपाली रुपैयाँ राहत उक्त दिनमा संकलन गरिएको जानकारी संघका कोषाध्यक्ष डम्बर राईले बताउनुभयो । त्यसअघि पनि राहत संकलन भइसकेको र अझै भइरहेको र हालसम्म किरात राई यायोक्खा बेलायतले करिब ३१ लाख नेपाली रुपैयाँ उठिसकेको अध्यक्ष राईले जानकारी दिनुभयो ।sakela_1 Kirat Rai6

तपाईको प्रतिक्रिया