Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

काठमाडौं– बैशाख १२ गते र २९ गते भएको शक्तिशाली भूकम्पपछि नेपालमा पराकम्पन जाने क्रम रोकिएको छैन । शनिबार दिउँसोसम्ममा चार म्याग्नेच्युड माथिका सात वटा पराकम्पन गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोट, धादिङ, दोलखा तथा ललितपुर र मकवानपुको सीमालाई केन्द्र विन्दु बनाएर पराक्पन गएका छन् । शनिबार विहान नौ बजेर २४ मीनेट जाँदा ललितपुर र मकवानपुरलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि शनिबार विहानै ९ बजेर २४ मीनेटमा सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

यसैगरी विहान ६ बजेर ३१ मीनेटमा नुवाकोट र धादिङलाई केन्द्र बनाएर चार म्याग्नेच्युडको भूकम्प गएको थियो भने ६ बजेर ११ मीनेटमा नुवाकोटलाई केन्द्र बनाएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो । विहानै ४ बजेर ३८ मीनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शनिबार विहान २ बजेर १५ मीनेटमा गोरखालाई केन्द्रविन्दु बनाएर चार म्याग्नेच्युडको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया