Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा दायर भएको सहकारी ठगी मुद्दामा आज (शुक्रबार) पनि बयान जारी रहनेछ। न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार सुरु भएको बयान करिब दुई घण्टा चलेको थियो। अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेको बाँकी बयान आज जारी हुनेछ।

यसअघि सोमबार र मंगलबार अदालत पुगे पनि पालो नआएकाले लामिछानेले बयान दिन पाएका थिएनन्। मंगलबार गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँगको बयान सकिएपछि फेरी लिला पछाईसँग बयान लिन सुरु गरिएको थियो। जसका कारण लामिछानेको पालो ढिला गरि आएको हो।

सरकारी वकिलको कार्यालय, कास्कीले रवि लामिछाने, छविलाल जोशीसहित ४४ जनाविरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दर्ता गरेको छ। पाँच जनालाई बिगोअनुसार सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ। लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा चलाइएको छ। अदालतले सुनुवाइपछि रविलाई धरौटी, साधारण तारेखमा रिहा गर्ने वा पुर्पक्षमा थुनामा राख्नेबारे आदेश दिनेछ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया