काठमाण्डाै-त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलवार अाएको भूकम्पका कारण देखाउँदै त्रिभुवन विश्वविद्यालयले अनिश्चित कालको लागि परीक्षा स्थगित गरेको हो । अाज बुधवार परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी अर्को मिति नतोकिएसम्म परीक्षा स्थगित हुने कुरा जानकारी गराएको हो । यसैबीच उच्च माध्यमिक शिक्षा परिषदले पनि १२ कक्षाको परीक्षा अनिश्चत कालका लागि स्थगित गरेको छ । परिषदले १५ दिनको समय दिएर परीक्षाको तालिका पछि निकाल्ने जनाएको छ ।***
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार