Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

काठमाडौं-विनाशकारी महाभूकम्पबाट पीडितलाई बाँड्न नेपाल सरकारले भारतबाट किनेको त्रिपाल एक ब्यक्तिको घरको गोदाममा फेला परेको छ । भारतस्थित नेपाली दूतावासले किनेर पठाएको ५० लाखको त्रिपाल जोरपाटीमा रहेको एक निजी गोदाममा फेला परेको हो ।
भूकम्पपश्चात नेपाली बजारमा त्रिपालको अभाव भएपछि सरकारले भारतस्थित नेपाली दूतावासलाई त्रिपाल किनेर पठाउन निर्देशन दिएको थियो । स्रोतका अनुसार सरकारले पछि शोधभर्ना हुनेगरी ५ हजार त्रिपाल किनेर तत्काल पठाउन निर्देशन दिए अनुसार दूतावासका अधिकारीले ५० लाख खर्चेर करीव ५ हजार त्रिपाल किनेर नेपाल पठाएको थियो ।
त्रिपाल लोड भएको भारतीय ट्रक २४ गते भैरहवाहुँदै नेपाल प्रवेश गरेको थियो । भैरहवाको भन्सार कार्यालयबाट समेत भूकम्प पीडितको राहतको लागि जाँचपासको अनुमति लिएर हिडेको ट्रक दुइ दिनसम्म हराएको थियो ।
नेपाल प्रवेश गर्नासाथ सरकारी कोषमा दाखिला नहुँदै त्रिपाल बोकेर अाएको ट्रक हराएपछि नेपाल र भारतीय दूतावासमा हल्लीखल्ली मच्चिएको थियो ।
त्रिपाल सहितको ट्रक हराएपछि गृह मन्त्रालयले ट्रक खोज्न प्रहरीलाई जिम्मा लगाएको थियो । हराएको चाैथो दिन त्रिपालसहितको ट्रक जोरपाटीमा एक नीजि घरमा फेला पारेको छ ।

प्रहरीले त्रिपाल नियन्त्रणमा लिएर गणना गर्दा करीव १ सय २० त्रिपाल फेला नपारिएको बताइएको छ । यस घटनामा संलग्न रहेको अाशंकामा सिन्धुपाल्चोकका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ । तर सरकारी खर्चमा भूकम्प पीडितका लागि अाएको पाल कसरी नीजि घरमा पुग्यो भन्ने बारे तथ्य खुल्न नसकेको र यसको लागि अनुसन्धान भैरहेको बताइएको छ ।***

तपाईको प्रतिक्रिया