काठमाडौं – मंगलबार दिउँसो १२ बजेर ५२ मिनेटमा ७ दशमलव ४ रेक्टरको शक्तिशाली भूकम्प गएपछि साना भूकम्पका धक्काहरु गैरहेका छन् । बुधबार बिहानै मात्र तीन वटा भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार काठमाडौं केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्पको धक्का गएको छ । बिहान दुई बजेर सात मिनेट जाँदा गएको सो भूकम्पको धक्काका कारण राजधानीबासीमा थप त्रास उत्पन्न भएको छ । भूकम्प गएपछि उनीहरु मंगलबार साँझ ट्रिपालको भरमा खुल्ला मैदानमा बस्न बाध्य भएका छन् ।
त्यस्तै बिहान ३ बजेर १० मिनेट जाँदा धादिङ केन्द्रविन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ ।
उता दोलखा केन्द्रविन्दु बनाएर बिहान ४ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । यसरी गैरहेको साना भूकम्पका धक्काका कारण चिन्तित नहुन आम सर्वसाधरणलाई केन्द्रले अनुरोध गरेको छ ।***