Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

टोकियो – गत शनिवार गएको महाभूकम्पका कारण भएको नेपालको मानवीय तथा भौतिक क्षतीप्रति गहिरो दुख ब्यक्त गर्दै आज पनि जापानका बिभिन्न संघसंस्था तथा ब्यक्तिहरु नेपाली दूतावास आएर राहत सहयोग प्रदान गरेका छन् ।

जसअनुसार आजै मात्र करिव १ करोड ३० लाख येन (१३ सय मान) भन्दा बढि रकम राहत सहयोग स्वरुप जम्मा भएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासमै आई राहत सहयोग रकम हस्तान्तरण गर्नेहरुमा मुर्‍योकोइन टेम्पल कोयासान ३० लाख (३०० मान) येन, रेयुकाई इन्टर्नेशनल ५० लाख (५ सय मान) येन, पार्टी फ़र फ़्यूचर जेनेरशन ५ लाख (५० मान) येन, जापान बुध्दिष्ट फेडेरेशन १० लाख (१०० मान) येन, ह्योगो प्रिफेक्चर १० लाख (१०० मान) येन, कोदोसान बुध्दिष्ट टेम्पल २० लाख (२०० मान) येन लगायतका रहेका छन् ।

नेपाली राजदूत डा. मदनकुमार भट्टराईले राहतस्वरुप सहयोग राशी बुझ्दै नेपालको बिपत्तिमा सहयोग गर्नेहरु सबैमा नेपाल सरकारको तर्फबाट हार्दिक धन्यबाद ब्यक्त गर्दै भविष्यमा पनि सहयोग र सहकार्य जारी रहने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले प्राप्त राहत सहयोग रकमबाट नेपाल सरकारले भूकम्प पीडितहरुको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा उचित ब्यवस्थापन गर्ने बिश्वास दिलाउनुभयो ।

दूतावासमै आई स्वतस्फूर्तरुपमा सहयोग गर्ने जापानीहरुबाट करिव ४ करोड ३० लाख येनभन्दा बढि रकम संकलन भईसकेको दूतावास स्रोतले जनाएको छ ।

यसैगरी जापानमा रहेको नेपाली समुदायले पनि आ-आफ़्नै ढंगले राहत सहयोग संकलन कार्यलाई तिब्रता दिईरहेका छन् । नेपाल भूकम्प पीडित राहत तथा सहयोग समितिले बिभिन्न उपसमिति मार्फत कार्यबिभाजन गरी संकलन कार्यलाई तिब्रता दिईएको हो ।
सहयोग समितिले हुलाक तथा बैंक एकाउन्टमा सहयोग गर्न गरेको अपिलअनुसार जम्मा हुन आएको करिव ३० लाख र ८० लाख अनि टोकियोका प्रमुख स्टेशनहरुमा बसेर स्वयमसेवकहरुद्वारा संकलन गरिएको रकम करिव २५ लाख येन र विभिन्न कलेजका विद्यार्थीहरुबाट संकलित करिव ४ लाख गरी १ करोड ३० लाख येन जम्मा भईसकेको सहयोग समिति स्रोतले जनाएको छ । यसअघिनै नेपाल भूकम्प पीडित राहत कोषमा एनआरएन आइसीसीका उपाध्यक्ष एवं सहयोग समितिका संयोजक भवन भट्टले १ करोड रुपैंया प्रदान गरिसक्नुभएको छ । यसैगरी बिभिन्न स्कुल, कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरु, संघसंस्था र ब्यक्तिगत पहलमा पनि राहत सहयोग संकलन कार्यमा नेपालीहरुले अभुतपूव सक्रियता देखाईरहेका छन् ।***

तपाईको प्रतिक्रिया