काठमाडौं – गोंगबुको जनसेवा लज भत्किएर पुरिएकी एक महिलाको हिजो साँझ करिब ८ बजे जीवितै उध्दार गरिएको छ ।
इजारायली उध्दार टोलीको नेतृत्वमा फ्रान्सेली, न्युजिल्याण्ड साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उध्दार गरेको हो ।
उध्दार गरिएकी बर्दियाकी कृष्णदेवी खड्कालाई अस्पताल भर्ना गरिएको छ । ***