काठमाडौ – शनिवार गएको विनाशकारी भूकम्पबाट परी मृत्यु हुनेहरुको संख्या ६ हजार १ सय ९८ पुगेको छ । भूकम्पमा परी १३ हजार ५ सय ६८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भूकम्पबाट भवनहरु भत्किँदा काठमाडौंमा १ हजार १ सय ६, भक्तपुरमा २ सय ६६ र ललितपुरमा १ सय ७० जनाको मृत्यु भएको छ । काठमाडौ उपत्यकाबाहेक मध्यक्षेत्रमा ३ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ भने पश्चिम क्षेत्रमा ४ सय १५, पूर्वमा क्षेत्रमा ५२ र मध्यपश्चिम क्षेत्रमा २ जनाको मृत्यु भएको छ ।
भूकम्पमा परी ४३ जना विदेशी नागरिकको मृत्यु भएको छ भने ४१ जना अझै हराइरहेका छन् । ****