Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

टोकियो – नेपालमा शनिवार गएको महाभूकम्पबाट पीडितहरुको सहयोगार्थ राहत संकलन कार्यमा जापानको नेपाली समुदायले विभिन्न ढंगले सक्रियता बढाईरहेका छन् ।

राहत सहयोग संकलन गर्न जापानका बिभिन्न संघसंस्थाहरुको संयुक्त अभियानका रुपमा गठित नेपाल भूकम्प पीडित राहत तथा सहयोग समितिको स्वयम सेवक उपसमितिले आज पनि टोकियोको सिन्जुकु र इकेबुकुरो स्टेशनमा सार्बजनिकरुपमा गरिएको अपिलबाट १५ लाख २ हजार ९ सय ११ येन (१५० मान) संकलन भएको स्वयमसेवक उपसमितिका तासी लामाले समुद्रपारिलाई बताउनुभयो ।

आज दोस्रो दिन भएको राहत संकलन कार्यमा सहभागीहरुले नेपालको बिपत्तिमा सघाउन जापानी समुदायमा सार्बजनिकरुपमा अपिल गरेका थिए ।

हिजो शिबुयामा भएको ४ लाख ७७ हजार ३ सय १६ येन समेत गरी ट्रेन स्टेशनमा गरिएको अपिलबाट १९ लाख ८० हजार २ सय २७ येन (१९८मान) संकलन भएको उक्त सहयोग समिति अन्तर्गत संघसंसस्था समन्वय उपसमितिका संयोजक नरबहादुर थापाले बताउनुभयो ।

हालसम्म नेपालीहरुको सहयोग राशीबाट २३० मान, पे पाल सिष्टममार्फ़त संकलित २८५ मान, जापान नेपाल सोसाईटी मार्फ़त आएको २४८ मान र हिजो र आज गरी सार्बजनिक अपिलबाट १९८ मान गरी करिव ९६१ मान येन राहत कोषमा जम्मा भईसकेको आर्थिक उपसमितिका संयोजक दीपक थापाले बताउनुभयो ।***
ike 3
Ike 2 Ike 5 Ike 6 Ike 7

तपाईको प्रतिक्रिया