Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १२, २०८१
Friday, December 27, 2024

टोकियो – यहि वैशाख १२ गते नेपालमा गएको महाविध्वंशकारी भूकम्पले पुरयाएको अकल्पनिय क्षतिबाट अत्यन्त मर्माहत भएको भन्दै करलिम समाज जापान र बिहुकोट समाज जापानले संयुक्तरुपमा बक्तब्य जारी गर्दै यो राष्ट्रिय शोकको घडिमा ज्यान गुमाएकाहरुमा हार्दिक श्रद्धाञ्जली एवं पीडितहरुमा धैर्य घारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेका छन ।

बक्तब्यमा भनिएको छ – अलिकति भएपनि पीडितहरुको घाउमा मलम लगाउने उद्देश्यले करलिम समाज जापान र बिहुकोट समाज जापानको संयुक्त पहलमा दीपक सुवेदीको संयोजकत्वमा ‘आपतकालिन राहत संकलन’ अभियान सुरु गरिएकोले सम्पूर्ण करलिम, बिहुँकोट, बागलुङबासी लगायत सबै नेपाली दाजुभाइ, दिदिबहिनीहरुलाई शोकाकुल परिस्थितिमा मनैदेखि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ ।

सहयोग गर्न चाहनुहुने महानुभावहरुले जापान पोष्टको खाता नम्बर 18610-01650011 मा स्वेच्छिक रकम दाखिला गरी उक्त संस्थाहरुका जिम्मेवार ब्यक्तिहरुलाई जानाकारी गराउनुहुन पनि बक्तब्यमा अनुरोध गरिएको छ । ***

तपाईको प्रतिक्रिया