स्वास्थ्य

  • गर्भवती खोज्न गाउँ चाहार्दा …

    नुवाकोट – गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पिपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ? अनि उनीहरुलाई आफूले सुत्केरी गराएका स्थानको आफैँले सफा गर्ने कमैको मात्र बानि होला ! तर यहाँस्थित चतुराले स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई आफैले सुत्केरी गराएको स्थान र सुत्केरी महिलाले लगाएका लुगासमेत धोइ समाजलाई परिवर्तन गर्ने प्रयास गर्नुभएको छ । “मेरो पहिलो काम स्वास्थ्य चौकीमा सुरक्षित रुपमा प्रसूति सेवा (सुत्केरी गराउनु) प्रदान गर्नु हो । सुत्केर...
  • कहाँ हराउँछ ग्रामीण क्षेत्रमा जाने औषधि

    मुगु – जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट पठाएको औषधि बीच बाटोमा नै हराउने गरेको पाइएको छ । सरकारले जिल्ला अस्पतालबाट सर्वसाधारणलाई ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्र ५८ प्रकारका र स्वास्थ्य चौकीका लागि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गरे पनि सर्वसाधारणले ती औषधि पाउने गरेका छैनन । उक्त कार्यालयले वार्षिक रुपमा रु १८ देखि २५ लाखसम्मको औषधि उपलब्ध गराउने गरेको र स्वास्थ्य सेवा विभाग मध्यपश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगन्...
  • भोजपुर १९ औँ पूर्ण खोप सुनिश्चितता घोषित

    भोजपुर – भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएको छ । स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्लालाई नेपालकै १९ औँं र पूर्वाञ्चलको पाँचौँ पूर्ण खोप सुनिश्चितता जिल्लाका रुपमा शुक्रबार भोजपुरको सदरमुकाममा आयोजित विशेष समारोहका बीच घोषणा गर्नुभएको हो । सन् २०१७ सम्ममा नेपाललाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने लक्ष्यअनुरुप भोजपुरमा रहेका दुई नगरपालिका र ५४ गाविसका १२ देखि २३ महिनाभित्रका तीन हजार छ सय ९३बालबालिकाले एक वर्षभित्र नै पूर्ण खोप लगाएको हुँदा जिल्लालाई पूर्ण खोप सुनिश्...
  • चिकित्सकलाई निजी क्लिनिकमा काम गर्न रोक

    चितवन – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाइने भएको छ । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि अस्पताल अस्तव्यस्त बनेको छ । अस्पताल सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालमा यो व्यवस्था लागू गर्न लागिएको हो । अस्पताल सञ्चालक समितिले छिट्टै निर्णय गरेर यो व्यवस्था लागू गर्ने सञ्चालक समितिका अध्यक्ष डा प्रकाश न्यौपानेले बताउनुभयो । मन्त्रिपरिषद्ले हिजो मात्...
  • लोकप्रिय बन्दै स्मार्ट जीवन

    स्याङ्जा – ‘परिवार नियोजन स्र्माट बन्छ जीवन’ यो वाक्यांश अहिले चर्चामा छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जाल जताततैवाट विज्ञापन प्रसारित भैरहँदा सबैको मन आकर्षित गर्न सफल भएको छ । उक्त सन्देश अमेरिकी विकास नियोग युएसएआडीको आर्थिक सहयोगमा सञ्चालित एच सी थ्री नेपाल परियोजनाले परिवार नियोजन सम्बन्धी विविध जानकारी जनमानस सम्म पुर्‍याउने उद्देश्यले प्रशारण गरेको हो । स्याङ्जाका कृष्ण पन्तले त फेसवुक मार्फत नै नवविवाहित दम्पत्ति भतिज र बुहारीलाई फेसवुक मार्फत स्मार्ट जिवन वनोस भन्दै ...
  • ‘स्वास्थ्य मन्त्रालयको दरबन्दीबारे जानकारी छैन’

    काठमाडौँ – स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो मन्त्रालयअन्तर्गत कति दरबन्दी छ भन्ने जानकारी हालसम्म थाहा नभएको बताउनुभएको छ । ग्रीनतारा नामक गैरसरकारी संस्थाद्वारा तयार पारिएको स्वास्थ्य प्रवद्र्धनसम्बन्धी प्रतिवेदन आज सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री थापाले मन्त्रालयअन्तर्गत चिकित्सक, जनस्वास्थ्यकर्मी, अहेब, नर्स, प्यारामेडिसियन, प्रयोगशालामा काम गर्ने प्राविधिकलगायत प्राविधिक जनशक्ति एवम् अन्य जनशक्तिको दरबन्दी सङ्ख्या र ती दरबन्दीमा को कुन स्थानमा काम गर्छन् भन्ने अझसम्म जानकारी प...
  • पाँच वर्षभित्रमा सबै स्वास्थ्य चौकीमा डाक्टरको नेतृत्व हुन्छ : स्वास्थ्य मन्त्री थापा

    सोलुखुम्बु –  नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीमा एमबिविएस डाक्टरको नेतृत्व हुने बताउनुभएको छ । पर्यटन व्यवसायी वाङछु शेर्पाको स्मृतिमा याकु फाउन्डेसनले सोलुखुम्बुको टाप्टिङ गाविसमा स्थापना हुन लागेको अस्पतालको शिलान्यास गर्दै उहाँले अहिले तल्लो तहका स्वास्थ्यकर्मीको नेतृत्व रहेको स्वास्थ्य चौकीमा डाक्टरको उपस्थिति गराएर गाउँघरका नागरिकलाई उपचारका लागि टाढा पुग्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । मन्त्री थापाले आगामी पाँच...
  • तीन सातादेखि डीनको कार्यालयमा लगाइएको ताला खुल्यो

    काठमाडौं – डीन नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै आइओएम बचाऊ संघर्ष समितिले तीन सातादेखि चिकित्सकशास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा लगाएको तालाबन्दी सोमबार खोलिएको छ । आइओएम बचाऊ संघर्ष समति र आइओएमबीच ६ बुँदे सहमति भएसँगै ताला खोलिएको हो । सहमतिपत्रमा डीन नियुक्तिका कारण समस्यामा परेको आइओएम अब सबै पदाधिकारीहरुलाई मिलाएर लैजाने, अरु पदाधिकारी नियुक्तिमा छलफल गरी योग्य व्यक्तिलाईमात्र छान्ने उल्लेख छ । आइओएमको डीन नियुक्तिका लागि डा. रमेशकान्त अधिकारीको प्रतिवेदन छलफलमा ल्याएर पर...
  • स्वास्थ्य संस्थाहरुमा औषधिको चरम अभाव, बिरामी रित्तो हात फर्कन वाध्य

    कञ्चनपुर – औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका स्वास्थ्य चौकी र अस्पतालमा औषधिको चरम अभाव देखिएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने औषधिको दुई महिनादेखि अभाव भएको हो ।  औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो हात फर्कन वाध्य छन् । खरिद प्रक्रिया रोकिँदा आपूर्तिमा समस्या हुँदा जिल्लाभरि नै औषधिको अभाव भएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । अत्यावश्यक औषधी सिटामोल, मेट्रो, डाइजिन, बी कम्प्लेक्स, लगायतका अत्यावश्यक औषधिको समेत स्टोरमै अभाव भएको ...
  • बैतडीमा स्वास्थ्य बीमा आजदेखि

    बैतडी – बैतडीमा पहिलोपटक बिहीबारदेखि स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीले बुधबार पत्रकारसम्मेलनको आयोजना गरी स्वास्थ्य बीमाको दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउनका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो । देशका तीन जिल्ला कैलाली, बाग्लुङ र इलाममा सञ्चालन गरिएक...
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित