बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो – निद्रा हाम्रो लागि अत्यावश्यक छ। निद्रा शारीरिक प्रक्रियाको एक ठूलो महत्त्वपूर्ण प्रणाली हो । तर निद्रा भने प्राकृतिक हुनुपर्छ । निदाएको अवस्थामा मानव शरीरका सबै प्रणालीहरूको ‘नवीकरण’ हुन्छ। निद्रा पुगेन भने तिनमा असर पर्छ । पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ । सात घण्टाभन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ ।

कसरी आरामदायी निद्रा प्राप्त गर्ने  ?

  • सुत्ने र उठ्ने समय नियमित बनाउनुहोस्
  • सुत्ने कोठामा मधुरो बत्ती राख्नुहोस्
  • तापक्रम नियन्त्रण गर्नुहोस
  • ओछ्यान सुत्नका लागि मात्रै प्रयोग गर्नुहोस्
  • कफी कम खानुहोस्
  • सुत्नुअघि मदिरा नखानुहोस्
  • ‘हेभी डिनर’ नलिनुहोस्
  • ओछ्यानमा मोबाइल नचलाउनुहोस्
  • सुत्नुअघि कसरत नगर्नुहोस्
तपाईको प्रतिक्रिया