मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं – अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सले शुक्रबार कोभिड-१९ महामारीको जोखिम नाटकीयरुपमा कम भएको बताएका छन् ।

यद्यपि उनले अर्को एक महामारी आउने आशंका पनि व्यक्त गरेका छन् । सीएनबीसीसँगको कुराकानीमा उनले अझै अर्को महामारी आउन सक्ने र यो महामारीको कारण अर्को कुनै भाइरस हुन सक्ने बताएका हुन् ।

यद्यपि बिल गेट्सले आधुनिक मेडिकल प्रविधिको सहयोगमा यो भाइरससँग पनि लड्न सहज हुने बताए । त्यसको लागि अहिलेदेखि नै स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु जरुरी रहेको उनको भनाइ छ । गेट्सका अनुसार पछिल्लो २ वर्षमा विश्वभर कोरोना भाइरसविरुद्ध उल्लेख्य मात्रामा प्रतिरक्षा क्षमताको विकास भएको बताए ।

यसले ओमिक्रोन भेरियन्टसहितको सङ्क्रमणमा मृत्युको जोखिम निकै कम भएको उनले बताए । गेट्सले कोरोना खोप वितरणमा पनि यसअघि नै ढिलाइ भएको बताए । उनले भविष्यमा पनि खोप वितरण कसरी तीव्र गतिमा अघि बढाउन सकिन्छ भन्ने विषयमा अहिलेदेखि नै तयारी थाल्नु पर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया