मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौं  – स्वस्थ शरीरको लागि बलियो प्रतिरोधात्मक क्षमता हुनु आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका कारण शरीरमा चाँडै धेरै रोग लाग्न थाल्छ । जाडो मौसममा रुघाखोकी र फ्लु हुनु सामान्य कुरा हो तर रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस चाँडै यस्ता मौसमी रोगको सिकार हुन्छन् ।

स्वास्थ्यविज्ञहरूले कोभिड-१९ बाट बच्न रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन पनि सुझाव दिन्छन् । स्वास्थ्य विज्ञहरूका अनुसार गलत खानपान र बिग्रिएको जीवनशैलीका कारण रोग प्रतिरोधात्मक क्षमतामा नराम्रो असर पर्छ ।

यस्तो अवस्थामा रोग प्रतिरोधी क्षमता बढाउनको लागि राम्रो पौष्टिक आहार अपनाउनु आवश्यक हुन्छ । आहारविद् र पोषणविद्हरूका अनुसार, बलियो प्रतिरक्षा प्रणालीको लागि खाने समय र तरिका सही हुनुपर्छ। यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ ।

इम्युनिटी बलियो बनाउन भिटामिन चक्की वा कुनै पनि सप्लिमेन्टको आवश्यकता पर्दैन, भान्साकोठामा प्रयोग हुने चीजहरू खाँदा पनि रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ ।

दहीले इम्युनिटी बढाउँछ : पोषणविद्का अनुसार दहीले रोग प्रतिरोधी क्षमता बढाउन मदत गर्छ । दहीमा क्याल्सियम, भिटामिन बी–२, बी–१२, पोटासियम र म्याग्नेसियम पाइन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दहीमा पाइने सूक्ष्मजीवले शरीरको पोषण पूरा गर्छ । यसबाहेक, यसले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ, जसले शरीरमा प्रतिरक्षाको स्तरलाई बलियो बनाउँछ।

लसुन : लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ । लसुन एन्टिबायोटिक र एन्टी ब्याक्टेरियल गुणले भरिपूर्ण हुन्छ । यी गुणहरूले संक्रमण रोक्न मद्दत गर्दछ। यति मात्र होइन, लसुनले ब्लड सुगरको मात्रालाई पनि नियन्त्रण गर्छ । मुटु र फोक्सोसँग सम्बन्धित समस्याको लागि निकै उपयुक्त उपाय हो । लसुनमा एलिन नामक पोषक तत्त्व हुन्छ, जसले यसको तिखो स्वाद र गन्ध दिन्छ । लसुनका दुई-चार वटा कोपिला दिनहुँ खाली पेट तातो पानीमा खानुपर्छ ।

बदाम : बदाममा रोग प्रतिरोधात्मक क्षमता हुन्छ । जाडोमा मौसमी रोगबाट बचाउन बदाम लाभदायक हुन्छ । बदाम खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसका साथै बदाममा पाइने ओमेगा-३ फ्याटी एसिडले मस्तिष्कलाई पनि तेजिलो बनाउँछ । भिजाएको बदामको नियमित सेवन गर्नुपर्छ ।

अमला : अमलामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । भिटामिन सी प्रतिरक्षा बलियो बनाउन उपयोगी हुन्छ । यसका साथै अमलामा पाइने एन्टिअक्सिडेन्ट गुणले पनि प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ । खाली पेटमा अमलाको जुस पिउनुपर्छ । यसले आन्तरिक स्वास्थ्यमा सुधार ग र्छ। यसले छालालाई पनि चम्किलो र कपाललाई स्वस्थ बनाउँछ ।

तपाईको प्रतिक्रिया