शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं –  देशकै वृहदचौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ ।

आइतबार (पौष २३) देखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आएकाे कम्पनीले जनाएको छ । सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको मजाका साथै यसबाट लाभलिन सक्नेछन् ।

जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवाहाल काठमाडौ उपत्यका (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ । आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजीचल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्कतिरेर साट्न सक्छन् ।

ग्राहकले आफ्नो नागरिकतावा सवारी चालक अनुमतिपत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइलनम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबीफोरजी डेटा पनिप्राप्तगर्नेछन् । प्राप्तडेटा ३ दिनको लागिमान्य हुनेछ ।

 

तपाईको प्रतिक्रिया