शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – वर्तमान समयमा मोबाइल फोन मानिसको जीवनशैली बनीसकेको छ । मानिस बिहान आँखा खुलेदेखि राती आँखा बन्द नहुन्जेलसम्म हरेक पल मोबाइलको साथमा रहन्छ । रातीसुत्दा पनि ओच्छ्यानमै मोबाइल राखेर सुत्ने बानी सामान्यजस्तै भइसकेको छ ।

विद्युतिय सामान जुनसुकै बेला पनि खतराको संकेत हो । यसलार्इ संयमित भएर प्रयोग गर्न जानिएन भने यसबाट ठुलो जोखिम निम्तिन सक्छ । मोबाइल पनि विद्युतिय सामान भएकोले राती सँगै लिएर सुत्दा ज्यानै जानेसम्मको खतरा हुन्छ । चीनको इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताले गरेको अनुसन्धानले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने तथ्य बाहिर ल्याएको छ ।

अरुबेला भन्दा मोबाइललाई राती सँगै लिएर सुत्दा बढी जोखिम आउने निष्कर्ष निकालेको छ । अध्ययनकर्ताका अनुसार ब्याट्रिबाट निस्कने लिथियम-आयन ग्याँससँगै सयवटाभन्दा बढि विषालु ग्याँस निस्कने जनाएको छ । जसमा कार्बोन मोनोअक्साइड पनि समावेश हुन्छ । यस्तो ग्याँसले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्दछ । यो ग्याँसले वरिपरिको माहोललाई पनि ठूलो मात्रामा नोक्सानी पुर्‍याउछ ।

उनीहरुका अनुसार अहिले पनि धेरै मानिसहरु स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान छन् । इन्स्टीच्युट अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनले भने, ‘आजकाल संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई यसको खतराको बारेमा पनि जानकारी हुन आवश्यक छ ।’

प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्वको पहिचान गरेका छन् जसले विषाक्त ग्याँको मात्रा बढाउन सक्छ । पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रिले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रिभन्दा धेरै विषालु ग्याँस निकाल्ने गर्दछ । जसले राती सुतेको बेला मानिसको ज्यानै पनि जान सक्ने शोधकर्ताहरुले जनाएका छन् ।

उनीहरूले राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १.८ मीटर पर राख्न सल्लाह दिएका छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया