शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – हरेक दिन हुने नयाँ–नयाँ आविष्कारबाट हाम्रो दुनियाँमा हरेक कामहरु सरल हुँदै गएका छन् । यही सिलसिलामा वैज्ञानिकहरुले एउटा यस्तो चिज बनाएका छन् जसका माध्यमबाट तपाईंले मुस्काएको वा आँखा झिम्काएकै भरमा फोन उठाउन सक्नुहुनेछ ।

जर्मनीको रोस्टोकस्थित फ्रनहोफर इन्स्टिच्यूट फर ग्राफिक्स रिसर्च आइजिडीका वैज्ञानिकहरुले यस्तो इयर प्लगको आविष्कार गरेका हुन् । इयर फिड सेन्सिंग प्रविधिमा आधारित त्यस विशष खालको इयर प्लगले अनुहारको हाउभाउलाई पहिचान गर्दछ । त्यस डिभाइसले अनुहारको चलायमानताको समयमा कानको मांशपेशीमा करेन्ट तथा परिवर्तनलाई मापन गर्दछ ।

यसले अनुहार र टाउकोको मांशपशीमा हुने सानो भन्दा सानो परिवर्तन समेत पहिचान गर्दछ । वैज्ञानिक डेनिस म्याथिसका अनुसार यस डिभाइसको सेन्सरलाई जिउका अन्य भाग चलाउने तथा अरु गतिविधिबाट हुने कम्पनले कुनै असर पार्दैन । फोनसँग आवद्ध हुने यो डिभाइसको माध्यमबाट मोबाइल फोनमा आउने कल रिसिभ गर्न तथा स्मार्टफोनमा गीत बजाउनेलगायतका कामसमेत गर्न सकिन्छ ।

साथै यो डिभाइसले थकान तथा अन्य संवेगात्मक अवस्थासमेत पहिचान गर्दछ । जब प्रयोगकर्ता थाकेको हुन्छ तब आफैं यसले स्मार्टफोनमा म्युजिक प्लेयरको आवाज बन्द गरिदिन्छ ता कि प्रयोगकर्तालाई दिक्क नलागोस् । -एजेन्सी

तपाईको प्रतिक्रिया