शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – अध्यागमन विभागले नेपाल ईमिग्रेसन नामक मोवाईल एप सार्वजनिक गरेको छ । काठमाडौंमा आज एक कार्यक्रमकाबीच गृहमन्त्री जनार्दन शर्माले सो एप सार्वजनिक गर्नुभएको हो ।

अध्यागमनसंग सम्वन्धित सवै जानकारी राखिएको एपको प्रयोग गरेर सोवाग्राहीले अनलाईमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतीका लागी दरखास्त दिन सक्नेछन् । त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागि २९ देशमा रहेका नेपाली नियोगको ठेगाना एपमा राखिएको छ ।

विभागले अनलाईनकै माध्यमबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । एप सार्वजनीक गर्दै गृहमन्त्री शर्माले अध्यागमन विभागमा गलत काम गर्नेलाई क्षमा दिन नसकिने बताउनुभयो ।

अध्यागमनमा हुने विकृतीका बिषयमा आफु जानकार रहेको उल्लेख गर्दै गृहमन्त्री शर्माले गलत काम गर्नेबिरुद्ध छिट्टै कारबाही थाल्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया