कविताः ‘निचोरीएको घाम’

bidurम लालीमा छरेर झुल्किदै गर्दा
तिमी अलीकति उज्यालो र चमक चोरेर सुटुक्क क्षितिजबाट ओर्लदै थियौ ।
त्यै पल हो, मेरो मनमा सँगीतको मधुर ध्वनी गुञ्जीएको,
मन रातो गुलाबको बगैचा भएर ढकमक्क फुलेको,
छातिमा प्रेमको बिउ छरेर रगतले सिञ्चीत गर्ने रहर जागेको,
हो प्रियतमा !
मैले जिन्दगीमा मिठो भुल गरे तिमीलाई दिलको सरकार बनाएर,
तिमीलाई धड्कनको गतिमा दौडाएर ।

तिमी जुन, म घाम,
म बाट थोरै ताप र प्रकाश सापटी लिएर तिमीले छरेको मुस्कान देखे पछि मैले एक्लो अस्तीत्व अपुर्ण देखे र
तिमीलाइ हँसाउने र उज्यालो बनाउने रहरमा आफ्नो ताप र प्रकाश तिमीमा प्रक्षेप्रण गराउन खोजे ।
फगल गल्ती र झुट सम्झियौ,
अस्वीकृत भएको मेरो उज्यालो र ताप न म आफूमा फर्काउन सक्छु न तिम्रो भत्केको बिश्वास उठाउन सक्छु ।
ओ सरकार,
तिमीले सोचे जस्तो दुखी आत्मा म हैन ।
तिमी जस्तो त्यस्तै बन्न पाउनु नै मेरो खुसि हो ।
प्रेम गर्नेले कहिल्यै हार्दैन,
यी हेर, तिमी जस्तै भएको छु तिमीले पहिरीने साडिको रङ जस्तै भएको छ मेरो जीबन ।
तिम्रो सिउदो जस्तै भएको छ आत्मा ।


प्रकाश बिनाको घाम, ताप बिनाको घाम,
तिमी घामको उज्यालो चोरेर मुस्कुराउने जुन,
अब ताप र प्रकाश छैन,
न तिमी मलाई देख्छौ न म तिमीलाई देख्छु,
अध्यारोको सघन पर्दा हाम्रो बिचमा झरेको छ ।
म पुर्बी क्षितिजमा आफ्नो पहिचान गुमाएर यहि सोचेर
हाँसिरहन्छु कि पश्चीम क्षितीजमा तिम्रो शितलताले धर्ती बौरीएको छ ।
भो नहटाउ यो पर्दा, आँखाले देख्दैनन् त के भो मनले आँखै अगाडि देखिरहने छ ।

आजको अध्यारो र चिसो सहन सिक,
भोली उठ्नेछ बिश्वास
म सल्काउनेछु मेरो मन र जीबन ताप र प्रकाशको लागी,
अनि थोरै उज्यालो तिमीसम्म आइपुग्ने छ ।
मन नदुखाउ ओ प्रियेसी, घाम र जुनको भेट हुनु प्रकृति बिपरीत हुन्छ ।
हामि एक अर्काको लागि बनेका हौ,
एकल अस्तित्व अधुरो छ तर मिलन कल्पना मात्रै हो फगत कल्पना ।

म त्यहि घाम जो आफै निचोरीएको छु तिमीलाई आफु जस्तै बनाउने पागलपनमा
र बनेको छु तिमी जस्तै, तिमीलाइ रातै बनाउने सपनामा सेतो बनेको अस्तित्वहिन अस्तित्व र रातो मन,
यहि हो मेरो नौलो पहिचान, म हुँ ‘निचोरीएको घाम’ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित