शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो – यही नोवेम्बर ५ र ६ तारिख जापानको नागानोकेनको तातेसिना रिसोर्ट होटलमा नेपाल सम्बत ११३७ नयाँ वर्षको अवसर पारि वर्ल्ड नेवाः अर्गनाईजेशनको एसिया प्यासिफिक पहिलो क्षेत्रीय सम्मेलन नेपालबाट ख्याति प्राप्त कलाकारहरूको सहभागी सहित विभिन्न सास्न्कृतिक कार्यक्रमका साथ हुने भएको छ । 13001211_1718755858386839_5607541624791753134_n

संसारभरिका नेपालीहरूले अत्यन्त चासो र उत्सुकतापूर्वक हेरिएको यस सम्मेलन हरेक हिसाबले महत्त्वपूर्ण भएको वर्ल्ड नेवाः अर्गनाईजेशन जापानकी प्रतिनिधि इन्दिरा सुजुकी राजभण्डारीले बताउनुभयो । मुलतः आर्थिक मुद्धा, हाम्रो भाषा संस्कृतिको सरंक्षण,नेपालमा भएको सीप ,ज्ञान र कलालाई प्रोत्साहन र संसारभर छरिएर रहेको नेवार संगठनहरुको समन्वयमा केन्द्रित हुने यसपटकको सम्मेलनले समृद्ध नेपाल निर्माणका लागि आर्थिक मार्गचित्र कोर्ने राजभन्डारीले जानकारी दिनुभयो । विदेशमा सिकेका ज्ञान, सीप, पुँजी, अनुभव, दक्षता र विद्वतालाई राष्ट्र निर्माणमा बढीभन्दा बढी कसरी उपयोग गर्न सकिन्छ, नेपालमा रोजगारलाई कसरि प्रोत्साहन गर्न सकिन्छ, विदेशबाट दैनिक नेपालीहरूको शवहरू नेपालमा भित्रिने क्रमलाई घटाउने काम कसरि गर्न सकिन्छ, मुलुकमा लगानीमैत्रि वातावरण कसरी निर्माण गर्न सकिन्छ र हाम्रो भाषा संस्कृति, कलालाई कसरि सरंक्षण र सम्बर्धन गर्न सकिन्छ भन्ने लगायतका एजेण्डामा सम्मेलन विशेष केन्द्रित हुने मूल आयोजक कमितिका सह संयोजक जनक राज शाक्यले बताउनुभयो ।

कार्यक्रममा वर्ल्ड नेवाः अर्गनाईजेशनका अध्यक्ष सृजन श्रेष्ठ ,वरिष्ठ उपाध्यक्ष दया रत्न शाक्य ,केन्द्रीय सल्लाहकार डा. केशव लाल महर्जन, केन्द्रीय उपाध्यक्ष नारायण राजभण्डारी , कृष्ण चंखु , केन्द्रीय महासचिव सुभाष प्रजापति लगायतका वल्र्ड नेवाः अर्गनाईजेशनका अगुवाहरुको पनि सम्मेलनमा विशेष उपस्थिति रहने बताइएको छ । त्यस्तै अमेरिका, युरोप, सिंगापुर, हंगकंग, कोरिया, अस्ट्रेलिया, मध्यपूर्व,नेपाल तथा विभिन्न देशका नेवार सङ्गठनका प्रतिनिधिहरूलाई निमन्त्रणा पठाउने भएका छन् । यसैबिच उक्त सम्मेलनमा उत्साहजनक सहभागिताका लागि मूल आयोजक समितिले जापानका नेवारहरूमा पनि विशेष अपिल समेत गरेको छ ।

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि मूल आयोजकको संयोजकमा सुनिल कुमार शाक्य, सहसंयोजकमा, इन्दिरा सुजुकी राजभन्डारी, जनक राज शाक्य, त्यस्तै क्रमश अतिथि आमन्त्रणमा महेन्द्र श्रेष्ठ, टेक्निकलमा सन्दिप शाक्य, व्यवस्थापनमा संगीता शाक्य, सबिता श्रेष्ठ, शर्मिला शाक्य, स्वयंसेवक ईन्चार्जमा हरिहर श्रेष्ठ, आर्थिक सङ्कलनमा इन्दिरा सुजुकी राज भण्डारी, सबिता श्रेष्ठ, राम भक्त जोशी, लक्ष्मण भक्त जोशी र नेपाल सम्बत ११३७ न्हुँ दँ स्वयंसेवक समारोह समितिमा सृजन श्रेष्ठ र एलिशा ताम्राकारलाई जिम्मेवारी तोकिएको छ ।

तपाईको प्रतिक्रिया