शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

Rakesh Karki1

 

 

 

 

 

 

कहिले मनमा जे गर्न मन लाग्यो त्यही गर्ने

मनमतिको सरकार

कहिले धमाधम महल, पजेरो र सुरक्षागार्ड ठड्याउने

धनमतिको सरकार

कहिले श्रीमतीको भएभरको मनोकांक्षा पुरागरिदिने

श्रीमतीको पतिको सरकार

अनि भएर पनि के हुन्छ र ?

राष्ट्रिय सहमतिको सरकार

*******************************************

कहिले देशलाई खण्ड खण्ड पारेर टुक्र्याउन खोज्ने

कुनै जातीको सरकार

कहिले पसिना रगत बगाउनेलाइ दबाउने लत्याउने

विकासनिर्माण क्षतिको सरकार

कहिले जनताको गरीबी, भोक, अभाव, अशिक्षा भरिएको

जन खतिको सरकार

अनि भएर पनि के हुन्छ र ?

राष्ट्रिय सहमतिको सरकार

*******************************************

 कहिले मारकाट हत्या हिंसा गर्ने

भगवतीको सरकार

कहिले देशविदेश रेष्टुरेण्टबार डान्समा रमाउने

छनमतिको सरकार

कहिले रेड लेबल र ब्लाक लेबलको दहमा डुबेको

मन्दगतिको सरकार

अनि भएर पनि के हुन्छ र ?

राष्ट्रिय सहमतिको सरकार

*******************************************

तपाईको प्रतिक्रिया