आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय
अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले रिहा गर्ने निर्णय गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीकाअनुसार आशिकालाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको हो । उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो । माघ २ मा पक्राउ परेकी आशिकालाई धरौटी बुझाएपछि फेरि पक्राउ गर्ने प्रहरीको तयारी छ । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ । काठमाडौँका प्रजिअ भन्छन्, ‘भक्तपुरमा पनि मुद्दा रहेछ, धरौटी बुझाएपछि उता पठाउँछौँ ।’
विश्व मगर संघ बेल्जियमले यसरी मनायो माघे सङ्क्रान्ति (तस्बिरहरू)
बेल्जियम – विश्व मगर संघ बेल्जियमद्वारा आयोजित ‘माघ्या सकराटी’ म...
६ दिनपछि अस्पतालबाट डिस्चार्ज भए सन्दीप
समाचार सुन्नुहोस : काठमाडौँ – हर्नियाको शल्यक्रिया गरेका नेपाली...