Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

टोकियो – जापानमा जन्मदर पहिलोपटक ७ लाखभन्दा कम हुने संकेत देखिएको छ । सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ को पहिलो ११ महिनामा जन्मदर ५ दशमलव १ प्रतिशतले घटेर ६ लाख ६१ हजार ५ सय ७७ मा सीमित भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जनवरीदेखि नोभेम्बरसम्मको अवधिका लागि स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा विदेशी नागरिकका बच्चाहरू पनि समावेश गरिएको छ । तर, वर्षभरको तथ्यांकमा विदेशी नागरिकबाट जन्मिएका बच्चाहरूको संख्या बाहिर राखिने अनुमान गरिएको छ ।

यो तथ्यांकले जापानमा बढ्दो जीवनयापन खर्चका कारण धेरै मानिसहरूले विवाह नगर्ने वा ढिलो गर्ने प्रवृत्तिलाई झल्काउँछ । यसले बच्चा जन्माएर हुर्काउने जिम्मेवारीप्रति चासो कम भइरहेको स्थितिलाई पनि उजागर गरेको छ ।

मन्त्रालयले दिएको यो तथ्यांक अनुसार जापानको जनसंख्या लगातार १६ वर्षदेखि घट्दै गएको छ । विगतका वर्षहरूमा विवाह नगर्ने वा ढिलो गर्ने बच्चा जन्माउने नचाहने प्रवृत्ति बढेकाले जन्मदर निकै तल झरेको देखिन्छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया