Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

टोकियो – नेपाल आदिवासी जनजाति महासंघ जापानले ताप्लेजुङ जिल्लामा आदिवासी समुदायमाथि भएको प्रहरी हस्तक्षेप र दमनलाई कडा शब्दमा विरोध गरेको छ । महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै आदिवासी पहिचानका प्रतीकात्मक धार्मिक स्थल “मुकुम्लुङ”को संरक्षणका लागि संघर्षरत स्थानीयविरुद्ध प्रहरीले गोली चलाउने कार्यलाई ‘लोकतन्त्र माथिको बलात्कार’ र ‘अन्तर्राष्ट्रिय आदिवासी अधिकारको उल्लङ्घन’ भएको बताएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

महासंघले स्थानीय प्रशासन र सुरक्षा निकायको यो कार्यलाई ‘पञ्चायती बदनियतको निरन्तरता’ र आदिवासी पहिचान मेटाउने षड्यन्त्रको रूपमा चित्रित गर्दै प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद अधिकारी र जिल्ला प्रहरी प्रमुखविरुद्ध कठोर कारबाहीको माग गरेको छ ।

प्रहरी हस्तक्षेपका क्रममा पहिचानवादी योद्धा यामबहादुर लिम्बु, धर्मेन्द्र पालुङ्वा, र सगुन लावती गम्भीर घाइते भएका छन् । महासंघले घाइतेहरूको तत्काल निःशुल्क उपचार र पीडित परिवारका लागि राहतको व्यवस्थाको माग गरेको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘खुवालुङ जस्ता सांस्कृतिक आस्थाको केन्द्र भत्काउन विगतमा पनि प्रयास गरिएको थियो । अहिले मुकुम्लुङको संरक्षण गर्न खटिएका स्थानीयहरूलाई गोली हान्नु सरकारको भ्रष्ट मानसिकताको पराकाष्ठा हो ।’

महासंघले केपी ओली नेतृत्वको सरकारमाथि दलालहरूसँगको साँठगाँठमा स्थानीयको विरोधको बेवास्ता गर्दै जबर्जस्ती केबलकार निर्माणको प्रयास गरेको आरोप पनि लगाएको छ । नेपाल सरकारलाई संबोधन गर्दै महासंघले यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आग्रह गर्दै दोषीमाथि कडा कारबाही र पीडितहरूको राहतका लागि ठोस कदम चाल्न जोड दिएको छ ।

महासंघका प्रवक्ता विशाल राईले भने, ‘जनताको मौलिक अधिकारलाई दबाउन गोली हान्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । सरकारले आफ्नो दमनकारी नीति परिवर्तन नगरेमा यसले गम्भीर परिणाम निम्त्याउन सक्छ ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया