Deneme Bonusu Veren Siteler
मंगलबार, माघ २९, २०८१
Tuesday, February 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – हर्नियाको शल्यक्रिया गरेका नेपाली क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्। सिल्भरलाइन अस्पतालले सन्दीपलाई आज घर पठाएको हो। गत माघ ९ गते अस्पतालमा हर्नियाको शल्यक्रिया गरेका सन्दीप अहिले सुधारोन्मुख अवस्थामा रहेको अस्पतालका प्रवन्धक डा. अभिषेकराज सिंहले जानकारी दिए। यदि उनी यसरी नै स्वास्थ्यलाभ गर्दै गएमा दुईदेखि तीन हप्तामा पुनः क्रिकेट मैदानमा फर्किन सक्ने सम्भावना छ।

सन्दीपको शल्यक्रिया डा. दीपक शर्माको नेतृत्वमा भएको थियो। उनी लगभग चार वर्षदेखि हर्नियाको समस्याबाट पीडित भए पनि व्यस्तताको कारण समय निकाल्न सकेका थिएनन्। यस पटक, खेलकुदको व्यस्ततालाई व्यवस्थापन गर्दै उनले शल्यक्रिया गराएका हुन्।

अस्पतालले विज्ञप्ति जारी गर्दै सन्दीपको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। डिस्चार्जको क्रममा नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले अस्पताल पुगेर सन्दीपको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका थिए।

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया