शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं- पूर्वराजा महेन्द्र शाहकी सुसारे गीता शाह -गुरुङ्ग)लाई मुख्य पात्र बनाई नगेन्द्र न्यौपानेद्वारा लेखिएको उपन्यास ‘दरबार बाहिरकी महारानी’ बजारमा आएको छ ।
राजदरबारकै एक पूर्व कर्मचारीको सूचनाका आधारमा लेखिएको सो उपन्यासमा गीताले भोग्नुपरेको पीडा र उनले गरेका सङ्घर्षलाई समेटिएको छ ।
बि.एन. पुस्तक संसारले प्रकाशनमा ल्याएको सो पुस्तकबारे राजधानीमा आयोजित छलफल कार्यक्रममा समालोचक डा कुमार कोइरालाले उपन्यास ऐतिहासिक घटना र पात्रका आधारमा प्रकाशन भएको बताउनुभयो ।
उपन्यासका सम्पादक विमल भौकाजीले उपन्यासले दरबारमा अन्यायपूर्वक लुकेको एक तथ्यलाई आख्यानमा उतारेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया