शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

अर्बको सरकारी खर्च अनि चार बर्षको समय व्यर्थ संगै यो नाटकीय सरकारको औचित्य पनि समाप्त भएको छ | जंगल देखि नै आतंक फैलाएर सरकार अनि सडक आफै तताउने दोहोरो भूमिका संगै संघियताको नाममा जातजतिको राज्य बाड्दैं हिडेको अनि देशमा जातजति बीच द्वन्द्व सिर्जना गरेर जातीय सदभाब र सन्तुलनलाई बिचलित तुलाएको सबैलाई थाहा भएको कुरो हो । नेपाली ज़नातालाई सपना बांड्दै, कुरा गर्न खप्पिस अनि राजनीति नेताहरुलाई एकापसमा जुटाउन अनि रोटे पिंग जस्तै रिंगाउन सिपालु भएका माओबादीहरु विभिन्न क्रियाकलापले देखाउदै आएको छ ।नेपाललाई स्विज़ेरलण्ड त कहिले सिंगापुर बनाउन, अनि नेपाली ज़नतालाई सपना देखाउन खप्पिस माओबादीहरु एकापसको झगडा अनि राजनेताहरुको धारे हातहरु संगै नेपालमा नयाँ संबिधान होइन जनतालाई चरम संक्रमणकालको कोसेली दिएका छन् | गणतन्त्र स्थापना गर्न हामी नेपालीले कति रगत बगायौहोला कति घाइते भयौ होला कति अपांग भयौहोला, यसको केहि लेखाजोखा कुनै राजनीति नेताहरुले राखेका छैनन् । नयां संबिधानको आस गरिरहेका नेपालीको सपनालाई लत्याएर १५ मिनेट बाकी हुंदाको समयमा मंसिर ७ गते निर्बाचन गर्ने एकलौटी सरकारको निर्णयलाई भने साहसी कदम नै मान्नुपर्छ ।

नेपाली जनताको संविधानको अभिष्टलाई लत्याएर सत्तामा टिकिराख्न जस्तै सम्झौता र कानुनको उपहास गर्न पनि नहिच्किचाउने राजनीतिक ठगहरूलाई फेरि मौका दिनु भिशाप मात्र हुनेछ। जनताको कर र राज्यको सुबिधाबाट मोजमस्ती गरेका ६०१ महँगा सभासदहरूको संवैधानिक मिति समेत गुज्रिसकेको छ। राष्ट्र र जनहितमा भन्दा पनि आफ्नो गुटको भविष्य सुरक्षित गर्न बाबुराम सरकारले सर्वोच्चसँग गरेको टकरावको जवाफ प्रधानन्यायाधीश गायत नेपाली जनता दिएरनै छोड्नेछन ।

संबिधानसभाको सफलताको प्रभाबकारी भूमिका पुरा गर्न नसक्ने यी अनुहारहरुलाई फेरी नेपाली जनताको पसिनाको अर्बौ रुपयाँ खर्च गरेर ६ महिनापछि यिनै अनुहारलाई चुनिएमा कुनै अर्थ रहदैन । ४ वर्षमा ४ वटा सरकार अनि चारै पटक म्याद थप गर्न तयार यी नेताहरु कहिले हत्याराकोरुपमा भने कहिले पासपोर्ट दुरुपयोगको रुपमा अनि कहिले भ्रष्टाचारीको रुपमा भने कहिले एसएलसीको नकली परीक्षार्थीकोरुपमा अनि डकैती, अपहरणकोरुपमा चिनिएको यी नेताहरुलाई चुनाबी प्रकियाबाट चुनियो भने यो नेपाली जनताको लागि ठूलो गल्ति हुनेछ | नेपालमा संबिधानसभाबाट संबिधान नबन्ने निश्चित आफ्नै आंखा अगाडि हुंदाहुंदै फेरी त्यही मुख हेर्न नेपाली जनता कथाकथाचित बाध्य हुने छैनन् अनि फेरी यो गल्ति दोहरयाउनु नेपाली जनताको लागि ठूलो दूर्भाग्य अनि गल्ति हुनेछ ।

हामी नेपाली हौ, हाम्रो देश नेपाल सबैको साझा फुलबारी हो । न कुनै जातजातमा छुवाछुत छ, न कुनै मठमन्दिरमा विवाद छ । न कुनै भाषाभाषीमा झैझगडा छ । हामी एकजुट छौ भन्ने संदेश दिनको लगि पो वानेश्वर अगाडि ज़म्मा भएका थियौ त। सुन्दर, शान्त नेपाल, जहाँ शान्ति होस् शिक्षा होस्, कानुन र ऐनको उचित प्रयोग होस, जातको समान अधिकार होस् जातीय सदभाब होस् यसको लागि पो आन्दोलन गरेका थियौ त |

नेपाली जनताले शान्त, सुन्दर नेपालको कल्पना अनि सुन्दर नेपालमा सबै जातजाती अटाउने संघिय नेपालको नयां संबिधानको लागि देशको ठाउँठाउँबाट खर्चिएको समय अनि ति आवाजलाई कुल्चिएर ज़नातालाई धोका दिने अनि संबिधानको सपना बोकाउने ति बुढागोरुलाई जबसम्म समाजबाट बहिस्कार गर्न सक्दैनौ तबसम्म नयां नेपालको कल्पना गर्न मात्र हुनेछ । लहैलहैमा लगेर अरबौको घाटा हुने गरि देश बन्द गर्न तयार हामीहरु देशको संरचना भत्काउन अनि भाइभाइ बीचको झगडा, लडाई गर्न पछि नपर्ने हामीहरुलाई सहि समय संबिधान ल्याउन नसकेपनि मंसिर ७ गते निर्बाचन ल्याउन सफल हमीहरुलाई पनि बधाई अनि शुभकामना कि कसो साथीहरु ?

(लेखक एनआरएन जापान कान्साई कमिटीका सचिब हुन)

तपाईको प्रतिक्रिया